Logo

युभेन्टस शीर्ष तीनमा, एसी मिलान र ईन्टर मिलानको पनि जित

ई-खेलकुद २०७७ माघ १८ , आईतबार ०८:०१ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरि ए फुटबलको पछिल्ला खेलमा युभेन्टस, एसी मिलान र ईन्टर मिलान विजयी भएका छन् । साम्पडोरियालाई २–० ले हराउदै युभेन्टस तालिकाको शीर्ष तीनमा पुगेको छ । साम्पडोरियाको मैदानमा युभेन्टसलाई जिताउन फेडरिको चिसा र एरोन राम्सेले गोल गरे । खेलको २० औ मिनेटमा चिसाको गोलमा अग्रता बनाएको युभेन्टसका लागि राम्सेले ईन्ज्युरी समयमा अर्को गोल गरेका थिए । १९ खेलबाट ३९ अंक जोडेको युभेन्टसले रोमालाई २ अंकले पछि पार्दै तेस्रो स्थानमा पुगेको हो ।
गएराती नै शीर्ष स्थानको एसी मिलानले बोलोग्नालाई २–१ गोल अन्तरले हरायो । ईन्टर मिलानले बेनेभेन्टोलाई ४–० को शानदार जित निकाल्यो । २० खेलबाट एसी मिलान ४६ अंकमा शीर्ष स्थानमा कायम छ । समान खेलबाट ईन्टर मिलानको ४४ अंक छ ।
सिरि ए फुटबलमा आज बिभिन्न ६ खेल हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?