Logo

युभेन्टस बराबरीमा रोकियो, ईन्टर र हेल्लास विजयी

ई-खेलकुद २०७७ मंसीर १४ , आईतबार ०८:११ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्टस बेनेभेन्टोसंग एक एकको बराबरीमा रोकिएको छ । स्टार स्टाईकर क्रिष्टियानो रोनाल्डो बिनै मैदान उत्रिएको युभेन्टस सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । २१ औ मिनेटमा अल्भारो मोराताको गोलमा अग्रता बनाएको युभेन्टसले पहिलो हाफको अन्तिम मिनेटमा गोल खाएको थियो । जियाटानो लेटिजियाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए ।
खेलमा अधिकांश समय बल पोजिशन आफ्नो पक्षमा पारेपनि युभेन्टसले पाएका अवसर भने खेर फालेको थियो । ईन्ज्युरी समयमा मोराता रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि अन्तिम केहि समय युभेन्टस १० खेलाडीमा सिमित रह्यो । बराबरीसंगै युभेन्टस १७ अंकमा तालिकाको पाँचौ र बेनेभेन्टो १० अंकमा १२ औ स्थानमा छन । गएरातीनै ईन्टर मिलानले सासुउलोलाई ३–० ले हराउदा एटलान्टा हेल्लास भेरोनासंग २–० ले स्तब्ध भयो । यो जितले ईन्टरलाई दोस्रो र भेरोनालाई छैटौ स्थानमा पुर्याएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?