Logo

युभेन्टसको लज्जास्पद हार, लाजियो र एसी मिलान विजयी

ई-खेलकुद २०७७ साउन १५ , बिहीबार ०८:०७ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरि ए फुटबल अन्र्तगत ३७ औ चरणका खेलमा लिग विजेता युभेन्टस काग्लियारीसंग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई २–० ले हराउदै काग्लीयारी तालिकाको १३ औ स्थानमा उक्लिएको हो । उसको जितमा लुका गाग्लीआनो र जियोभानी सिमेवनले गोल गरे । आठौं मिनेटमा गाग्लीआनोको गोलमा अग्रता बनाएको क्याग्लीआरीका लागि पहिलो हाफको इन्ज्युरी समयमा सिमेवनले अर्को गोल थपेका थिए ।
गएरातीनै शीर्ष दुईको होडमा रहेको लाजियोले ब्रेसीयामाथी २–० को सहज जित निकाल्यो । घरेलु मैदानमा लाजियोलाई जिताउन जोआक्वीन कोरेर्रा र किरो इम्मोबाइलले गोल गरे । १७ औं मिनेटमा कोरेर्राको गोलमा अग्रता बनाएको लाजियोका लागि ईम्मोबाईलले ८२ औ मिनेटमा अर्को गोल थपेका थिए । योसंगै जारी लिगमा इम्मोबाइलले सर्बाधिक ३५ औ गोल गर्दै गोल्डेन बुट नजिक पुगेका छन् । दोस्रो स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले कुल ३१ गोल गरेका छन् । ३७ खेलबाट लाजियोले ७८ अंक बनाएको छ । एटलान्टासंग समान अंक भएपनि लाजियो गोलअन्तरले पछि रहदै चौथो स्थानमा कायम रहेको हो ।
साम्पडोरियालाई ४–१ ले हराएको एसी मिलान छैठौ स्थानमा बलियो बनेको छ । साम्पोडोरियाको मैदानमा भएको खेलमा मिलानलाई जिताउन जलाटान इब्राहिमोभिचले दुई गोल गरे । हाकन काल्हान्ग्लु र राफेल लियोले समान एक–एक गोल थपे । साम्पोडोरियाका क्रिस्टोफर एस्किल्डसेनले एक गोल फर्काए । जितसँगै छैटौं स्थानको मिलानको ६३ अंक भएको छ ।
गएराती नै सासुलोले जिनोआलाई ५–० ले हराउदा लिचेले उडिनेसलाई २–१ ले स्तब्ध पार्यो । हेल्लास भेरोनाले स्पाललाई ३–० ले स्तब्ध पार्दा बोग्लोना फियोरेन्टिनासंग ४–० को फराकिलो अन्तरले पराजित भयो । रोमाले टोरिनोबिरुद्ध ३–२ को संर्घषपुर्ण जित निकाल्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?