Logo

युभेन्टसको पुनरागमन जित, ईन्टर र लाजियो पनि विजयी

ई-खेलकुद २०७७ मंसीर २१ , आईतबार ०८:१२ मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित हात पारेको छ । गएराती भएको खेलमा टोरिनोलाई २–१ ले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउदै युभेन्टसले पुनरागमन जित हात पारेको हो । नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा पुर्याए ।
८९ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल थपेपछ युभेन्टसले महत्वपुर्ण अंक् हात पारेको हो । १० खेलबाट २० अंक जोडेको युभेन्टस तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
गएराती नै ईन्टर मिलानले बोलोग्नालाई ३–१ ले स्तब्ध पार्यो । उसको जितमा अचरफ हाकिमीले २ तथा रोमेलु लुकाकुले एक गोल गरे । यो जितले ईनटरलाई २१ अंकमा तालिकाको दोस्रो स्थानमा पुर्याएको छ । स्पेजियालाई २–१ गोल अन्तरले हराएको लाजियो पाँचौ स्थानमा पुगेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?