Logo

युभेन्टसको च्याम्पियन्स लिगमा छनोट हुने संभावना कमजोर

ई-खेलकुद २०७८ जेठ ८ , शनिबार ०७:०५ मा प्रकाशित

एजेन्सी । इटालियन सिरि ए फुटबलको साविक विजेता युभेन्टस जारी सिजन खराव अवस्थाबाट गुज्रीएको छ । सिरि ए को उपाधि होडबाट बाहिरिसकेको युभेन्टस च्याम्पियन्स लिगमा छनोट हुन समेत कठिन अवस्थामा पुगेको हो । ‘सिरी ए’ को पाचौँ स्थानमा रहेको युभेन्टसले अब एक खेल मात्र खेल्न बाँकि छ ।
उपाधि हात पार्दै ईन्टर मिलानले च्याम्पियन्स लिगमा स्थान बनाईसकेको छ भने एटलान्टा दोस्रो स्थानमा सुरक्षित रहने निश्चित भएको छ ।
समान ७६ अङ्क भएका एसी मिलान र नापोली क्रमश तालिकाको तेस्रो र चौथो स्थानमा छन् । पाचौं स्थानको युभेन्टससंग ७५ अंक रहको छ ।
च्याम्पियन्स लिगमास्थान बनाउनका लागि युभेन्टसलाई सोमबार हुने अन्तिम खेल जित्नै पर्ने दबाब छ । सिरि ए को आफ्नो अन्तिम खेलमा युभेन्टसले सोमबार बोलोग्नासंग खेल्नेछ । त्यसमा जित निकालेरपनि युभेन्टसले अन्य टोलीको नतिजा कुर्न पर्नेछ ।
अन्तिम चरणको खेलमा दोस्रो स्थानको एटलान्टाले तेस्रो स्थानको एसी मिलानसँग खेल्नेछ । ‘सिरी ए’का युभेन्टस, नापोली र मिलान मध्ये एक टोली पाचौंँ हुँदै युरोपा लिगमा रहनेछन् । सोमबार बोलोग्नासंग बराबरीमा रोकिए युभेन्टसको च्याम्पियन्स लिग खेल्ने सपनाा अधुरै रहनेछ । सोहि दिन नापोलीले १० औँ स्थानको भेरोनाको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?