Logo

युनाईटेड बराबरीमा रोकियो, लिभरपुल विजयी

ई-खेलकुद २०७७ फागुन १७ , सोमबार ०६:०३ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेष्टर युनाईटेड, पछिल्लो खेलमा चेल्सीसंग बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदानमा म्यान युनाईटेड गोलरहित बराबरीमा रोकिएको हो । युनाईटेडको बराबरीसंगै शीर्ष स्थानको म्यान सिटीको उपाधि यात्रा थप सहज बनेको छ । २६ औ चरणको खेल जारी रहदा सिटीले शीर्ष स्थानमा १२ अंकको अग्रता लिएको छ । घरेलु मैदानमा चेल्सीले पाहुना टोलीमाथी केहि दबाव बनाएपनि उसले गोल गर्ने अवसर भने सदुपयोग गर्न सकेन् । यो बराबरीसंगै पाँचौ स्थानको चेल्सीको एक स्थान माथी चढ्ने सपना चकनाचुर भएको छ । २६ खेलबाट युनाईटेड ५० अंकमा तालिकाको दोस्रो स्थानमा छ । चेल्सी ४४ अंकमा तालिकाको पाँचौ स्थानमा कायम छ ।
गएराती नै लिभरपुलले सेफिल्ड युनाईटेडलाई २–० गोल अन्तरले पराजित गर्यो । यो जितसंगै लिभरपुलले चौथो स्थानको चेल्सीसंगको दुरी १ अंकमा कायम राखेको हो । उसको जितमा कुर्टिस जोनेसले एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।
अन्य खेलहरुमा टटनह्यामले बर्नलीलाई ४–० ले तथा आर्सनलले लेष्टर सिटीलाई ३–१ गोल अन्तरले स्तब्ध पार्यो । फुल्ह्याम र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?