Logo

युक्रेनको पोष्टमा फ्रान्सको ७ गोल, पोर्चुगल र स्पेनको बराबरी

ई-खेलकुद २०७७ असोज २२ , बिहीबार ०७:१० मा प्रकाशित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनमाथि फराकिलो जित निकाल्दा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् । गएराती भएको खेलमा फ्रान्सले युक्रेनलाई ७–१ को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा फ्रान्सलाई जिताउन ओलिभर जिराउडले २ गोल गरे । इडुआर्डो कामाभिंगा, कोरेटिन टोलिसो, केलियन एम्बाप्पे र एन्टोनियो ग्रिजम्यानले समान एक–एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । युक्रेनका भिक्टर ट्याहांकोभले एक गोल फर्काए ।
पोर्चुगलले घरेलु मैदानमा स्पेनसंग गोलरहित बराबरी खेलेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएका अवसर गुमाउदा बराबरीको नतिजामा चित्त बुझाएका हुन् । स्वीट्जरल्याण्डबिरुद्ध क्रोएशियाले २–१ को जित निकालको छ । स्वीट्जरल्याण्डको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । ३१औं मिनेटमा मारियो गाभ्रानोभिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । ४२औं मिनेटमा क्रोएशियाका जोसिप ब्रेकालोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ६६औं मिनेटमा मारियो पासालिकले गोल गर्दै क्रोएशियालाई २–१ गोलको जित दिलाए ।
गएराती जर्मनी र टर्किले ३–३ को बराबरी खेल्दा मेक्सीकोले नेदरल्याण्डसलाई १–० ले हरायो । माल्डोभाबिरुद्ध ईटालिले ६–० को शानदार जित हात पार्यो । डेनमार्कले फारोई आईसल्याण्डलाई ४–० ले स्तब्ध पार्दा साईप्रस चेक रिपब्लिकसंग २–१ को साँघुरो जित हात पारेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?