Logo

युईएफए नेशन्स लिगमा २० खेल हुँदै

ई-खेलकुद २०७७ असोज २५ , आईतबार ०४:१० मा प्रकाशित

एजेन्सी । युईएफए नेशन्स लिग फुटबलमा आज राति बिभिन्न २० खेल हुँदैछन् । लिग ए को समुह तीन अन्तर्गतको खेलमा राति साढे १२ बजे विश्व विजेता फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । समान ६ अंक भएका दुवै टोलीमध्ये आजको विजेता च्याम्पियनसिपको प्लेअफका लागि छनोट हुनेछ । बराबरीले भने पोर्चुगललाई अघिल्लो चरण पुर्‍याउनेछ । सोही समुहको अर्को खेलमा अंकबिहीन दुई टोली स्वीडेन र क्रोएसियाबीच नेपाली समयअनुासार राति पौने १० बजे खेल हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली रेलिगेशनबाट बच्न संघर्षरत छन् ।
लिग ए को समुह एक अन्तर्गतको खेलमा राति पौने १० बजे नेदरल्याण्डस् र बोस्निया एण्ड हर्जगोभिना तथा राति साढे १२ बजे ईटली र पोल्याण्डबीच खेल हुनेछ । सो समुहबाट चारै टिमको अघिल्लो चरण प्रवेशको सम्भावना कायम छ ।
लिगको ए को समुह २ मा राति पौने १० बजे ईङ्ल्याण्ड र बेल्जियम तथा राति साढे १२ बजे आईसल्याण्ड र डेनमार्कबीच खेल हुनेछ । सो समुहमा बेल्जियम ६ अंकमा शीर्ष र ईङ्ल्याण्ड ४ अंकमा दोस्रो स्थानमा छ । ईङ्ल्याण्डबिरुद्धको खेलमा बराबरीको नतिजाले मात्र पनि बेल्जियमलाई प्लेअफमा पुर्‍याउनेछ ।
लिग ए को समुह चारबाट भने स्पेन ७ अंकमा शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको छ भने एक अंक मात्र भएको स्वीट्जरल्याण्ड लिग बीमा घटुवा भएको छ ।
अन्य खेलमा नर्वे र रोमानिया, अष्ट्रिया र नर्देन आईसल्याण्ड, चेक रिपब्लिक र इजराएल तथा स्कटल्याण्ड र स्लोभाकियाबीच खेल हुनेछ । यस्तै रसियाले टर्कीसँग, सर्वियाले हंगेरीसँग, आयरल्याण्डले वेल्ससँग, फिनल्याण्डले बुल्गेरियासँग, अल्मेनियाले जर्जियासँग तथा स्टोनियाले नर्थ मेसेडोनियासँग प्रतिस्पर्धा गर्नेछ ।
आजै राति ग्रिस र माल्दोभा, कोसोभो र स्लोभेनिया, काजकिस्तान र अल्बानिया तथा लिथुआनिया र बेलारुस पनि आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?