Logo

म्यान सिटी पराजित, चेल्सी र लिभरपुल विजयी

ई-खेलकुद २०७७ चैत्र २९ , आईतबार ०७:०४ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटी पराजित भएको छ । सिटी पछिल्लो खेलमा लिड्स युनाईटेडसंग २–१ गोल अन्तरले पराजित भएको हो । सिटीको घरेलु मैदानमै लिड्सलाई जिताउन दुबै गोल स्टुआर्ट डल्लासले गरे । ४२ औ मिनेटमा पहिलो गोल गरेका उनले ईन्ज्युरी समयमा अर्को गोल थपेका थिए । सिटीका फेरान टोरेसले एक गोल फर्काए । पहिलो हाफको ईन्ज्युरी समयमा लियाम कोपर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दोस्रो हाफभर लिड्स १० खेलाडीमा सिमित बनेको थियो । हारका बावजुत पनि सिटी ७४ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ । यो जितले लिड्स युनाईटेडलाई ४५ अंकमा तालिकाको नवौ स्थानमा पुर्याएको छ ।
गएराती नै चेल्सीले क्रिष्टल प्यालेसबिरुद्ध ४–१ को शानदार जित निकाल्यो । क्रिष्टियन पुलिसिकले २ तथा केई हाभर्टज र कुर्ट जुमाले एक एक गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । क्रिष्टलका क्रिष्टियन बेनटेकले एक गोल फर्काए । यो जितले चेल्सीलाई तालिकाको चौथो स्थानमा पुर्याएको छ । ३१ खेलबाट ५४ अंक जोडेको चेल्सी तेस्रो स्थानको लेष्टर सिटी भन्दा २ अंकले पछि छ ।
साविक विजेता लिभरपुलले एष्टनभिल्लामाथी २–१ को संर्घषपुर्ण जित निकाल्यो । घरेलु मैदानमा लिभरपुललाई जिताउन महम्मद सलाह र अलेक्जेण्डर आर्नोल्डले गोल गरे । एष्टनका ओईली वाटकिन्सले एक गोल फर्काए । यो जितसंगै लिभरपुल शीर्ष ५ मा पुगेको छ । ३१ खेलबाट उसको ५२ अंक भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?