Logo

म्यानचेष्टर सिटी शीर्ष स्थानमा बलियो, एष्टन र वेष्टब्रोमपनि विजयी

ई-खेलकुद २०७७ फागुन १६ , आईतबार ०६:०२ मा प्रकाशित

एजेन्सी । म्याचनेष्टर सिटीले ईङलिश प्रिमियर लिगको उपाधि यात्रा बलियो बनाएको छ । पछिल्लो खेलमा गएराती वेष्टह्याम युनाईटेडलाई २–१ ले हराउदै सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको हो । ईतिहाद स्टेडियममा सिटीलाई जिताउन रुवेन डाईसले जोन स्टोनेसले गोल गरे । वेष्टह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । घरेलु मैदानमा वेष्टह्यामलाई पुर्णत दबावमा राखेको सिटीले गोल गर्ने थप अवसर भने खेर फालेको थियो । २६ खेलबाट सिटीको ६२ अंक भएको छ ।
गएराती नै वेष्टब्रोमले ब्राईटन एण्ड होभ एल्बियनलाई तथा एष्टन भिल्लाले लिड्स युनाईटेडलाई समान १–० ले पराजित गरे । न्यु क्यासल युनाईटेड र वुल्भरहेम्प्टनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?