Logo

म्यानचेष्टर सिटीले आज वाटफोर्टसंग खेल्ने

ई-खेलकुद २०७७ साउन ६ , मंगलबार ०२:०७ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज ३७ औं चरणका २ खेल हुदैछन् । आज म्यानचेष्टर सिटी र वाटफोर्ट तथा आर्सनल र एष्टन भिल्ला प्रतिस्पर्धा गर्नेछन् । सिटी र वाटफोर्टबिचको खेल वाटफोर्टको घरेलु मैदानमा नेपाली समयानुसार राती पौने ११ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको सिटी वाटफोर्टलाई उसैको घेलु मैदानमा हराउदै लिभरपुलसंगको दुरी घटाउने योजनामा रहेको छ ।
१७ औ स्थानको वाटफोर्टपनि तलिकामा ३ अंक थप्दै यो सिजन रेलिगेशनबाट मुक्त हुन चाहान्छ । आजको दोस्रो खेलमा आर्सनल र एष्टन भिल्ला आमने सामने हुनेछन् । इष्टनभिल्लाको मैदानमा राती १ बजे हुने खेलमा दुबै टोली स्पष्ट अंक जोड्ने योजनामा हुनेछन् । एष्टनलाई हराउन सके १० औ स्थानमा रहेको आर्सनल २ स्थान माथी चढ्नेछ । रेलिगशेन नजिक रहेको एष्टन भिल्ला भने त्यो डरबाट मुक्त हुन जित्नै पर्ने दबावका साथ मैदान उत्रनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?