Logo

म्यानचेष्टर सिटीमाथीको प्रतिबन्ध फुकुवा

ई-खेलकुद २०७७ असार २९ , सोमबार ०३:०७ मा प्रकाशित

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा भएको छ । सिटीमाथि लागेको २ वर्षको प्रतिबन्ध फुकुवा भएको हो । आज भएको सुनुवाईमा कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीका पक्षमा फैसला सुनाएको हो ।
युरोपियन फुटबल महासंघ (यूईएफए) ले सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । युईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि सो प्रतिबन्ध सगै ३० मिलियन युरोसमेत जरिवाना तोकिएको थियो । युईएफएको सो निर्णयबिरुद्ध सिटिले कासमा अपिल गरेको थियो ।
कासले सिटीका पक्षमा निर्णय सुनाएको हो । कासको यो फैसलासंगै सिटीलाई युरोपियन क्लब प्रतियोगिता खेल्ने बाटो खुलेको छ । यस्तै सिटीको जरिवानासमेत कम भएको छ । सिटीले अब १० मिलियन युरो जरिवाना तिरे पुग्ने फैसलामा उल्लेख छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?