Logo

म्यानचेष्टर सिटीको सहज जित

ई-खेलकुद २०७७ असोज ६ , मंगलबार ०६:०९ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा म्यानचेष्टर सिटी र एष्टन भिल्ला विजयी भएका छन् । वुल्भरहेम्प्टनलाई ३–१ ले हराउदै सिटीले सिजनको सुखद सुरुवात गरेको हो । वुल्भरको मैदानमा सिटीलाई जिताउन केभिन डि ब्रुयेन, फिल फोडेन र ग्राबियल जिससले गोल गरे । वुल्भरहेम्टनका राउल जिमिनेजले सान्त्वना गोल फर्काए ।
पहिलो हाफमा २–० को अग्रता बनाएको म्यान सिटीले दोस्रो हाफमा १ खोल खाँदै समान गोल फर्काएको थियो । २० औ मिनेटमा ब्रुयेनको पेनाल्टिमा अग्रता बनाएको सिटीका लागि फोडेनले ३२ औ मिनेटमा अर्को गोल गरेका थिए । ७८ औ मिनेटमा जिमिनेजले गोल गर्दै वुल्भरको अन्तर घटाएका थिए । अतिरिक्त समयमा जिससले अर्को गोल गरेपछि सिटी जित निकाल्न सफल बन्यो ।
गएराती नै सेफिल्ड युनाईटेडलाई १–० ले हराउदै एष्टन भिल्लाले पनि सिजनको सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा एष्टनलाइ जिताउन ६३ औ मिनेटमा ईज्री कोन्साले गरेको गोल निर्णायक बन्यो । खेलको सुरुवातमै जोन ईगन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा सिमित भएको थियो । अधिकांश समय सेफिल्डलाई दबावमा राखेको एष्टनका थप प्रहार भने खेर गएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?