Logo

मैत्रीपूर्ण फुटबलमा नेपालले आज राती टिमोर लिष्टेसँग खेल्दै

ई-खेलकुद २०७९ जेठ १४ , शनिबार ०७:०५ मा प्रकाशित

काठमाडौं । कुवेतमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । दोहामा रहेको नेपाली टोलीले आज टिमोर लिष्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोहास्थित ग्राण्ड हमाद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । आफुविरुद्व बिद्रोह गरेका ११ सिनियर खेलाडीलाई बाहिर राख्दै प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोली तयार पारी कतारको भ्रमणमा निस्किएका हुन । कतार बसाईका क्रममा नेपालले ओमानसँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र ओमानबीचको खेल भने जेठ २० गते हुनेछ ।
११ दिनको कतार बसाई सकाएर नेपाली टोली त्यहीबाट एसियन कप छनोट खेल्न कुवेत जानेछ । छनोटका लागि समूह एमा रहेको नेपालले घरेलु टोलीसँगै इन्डोनेसिया र जोर्डनसँग खेल्नेछ । छनोटका खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोलीले एसियन कप २०२३ मा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?