Logo

मैत्रीपुर्ण खेल खेल्न नेपाली टोली जेठ ११ गते ईराक जाने

ई-खेलकुद २०७८ जेठ ५ , बुधबार ०७:०५ मा प्रकाशित

काठमाण्डौ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली जेठ ११ गते ईराक जाने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपुर्ण खेलका लागी टोली ११ जेठमा त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो ।
नेपाली टोली कतार एयरवेजको चार्टड बिमानबाट इराक जाने एन्फाले जनाएको छ । नेपालले जेठ १५ गते बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टोलीमा ब्यापक परिवर्तन गर्दै अन्तिम २३ सदस्सीय टोली घोषणा गरिसकेका छन् ।
इराकसँगको मैत्रिपूर्ण खेलपछि नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?