Logo

मैत्रीपुर्ण खेलमा सिटीको शानदार जित

ई-खेलकुद २०७८ साउन २० , बुधबार ०७:०८ मा प्रकाशित

एजेन्सी । प्रि–सिजअन्तर्गत मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । गएराती भएको खेलमा सिटीले दोस्रो डिभिजन क्लब ब्लाकपुलमाथि ४–१ को शानदार जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन इल्के गुन्डोगानले दुई तथा रियाद महरेज र सामुअल इडोइजले एक–एक गोल गरे । ब्लाकपुलका लुक गार्बुटले एक गोल गरे ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा सिटीले दोस्रो हाफमा ३ गोल गर्दै सहज जित हात पारेको हो । प्रिमियर लिगको तयारीस्वरूप सिटीले मैत्रीपूर्ण खेल खेलेको हो । साविक विजेता सिटीले टोटनह्यासँग खेल्दै घरेलु लिगको थालनी गर्नेछ । त्यसअघि सिटीले एफए कपको फाइनलमा लेष्टर सिटीको सामना गर्नेछ । सिटीले यसअघि २ मैत्रीपुर्ण खेल खेलिसकेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?