Logo

मैत्रीपुर्ण खेलमा जर्मनीको फराकिलो जित

ई-खेलकुद २०७८ जेठ २५ , मंगलबार ०७:०६ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा जर्मनी, फारोई आईसल्याण्ड र युक्रेन विजयी भएका छन् । गएरातीका अन्य २ खेल भने बराबरीमा सकिएको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले स्तब्ध पार्यो । थोमस मुलर, रोविन गोसेन्स, इल्के गुन्डोगान, सर्जी नाब्री र टिमो वेर्नर र लेरोई सानेले एक एक् गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । पहिलो हाफमै ५–० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा २ गोल थप्दै एक गोल खाएको थियो । फारोई अँईसल्याण्डले लिचेष्टाईनलाई ५–१ गोल अन्तरले हराउदा युक्रेनले साईप्रसलाई ४–० गोल अन्तरले पराजित गर्यो । एण्डोरा र जिब्राल्टरले गोलरहित बराबरी खेल्दा गएराती नै सर्बिया र जमैकाले एक एक गोलको बराबरी खेलेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?