Logo

मैत्रीपुर्ण खेलमा चेल्सी र टटनह्यामको बराबरी

ई-खेलकुद २०७८ साउन २१ , बिहीबार ०७:०८ मा प्रकाशित

एजेन्सी । प्रि–सिजअन्तर्गतको मैत्रीपुर्ण खेलमा चेल्सी र टटनह्यामले बराबरीको नतिजा निकालेका छन् । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा गएराती भएको खेलमा यी टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीका लागि दुबै गोल हाकिम जियाचले गरे । टटनह्यामका लुकास मौरा र स्टेभेन बेर्जविज्नले गोल गरे ।
चेल्सीसंग २ गोलले पछि परेको अवस्था उल्टाउदै टटनह्यामले बराबरी गरेको हो ।
१६औँ मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई पहिलो हाफभर अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा जियाचले दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ५६औँ मिनेटमा मौराले गोल गर्दै टटनह्यामको अन्तर घटाएका थिए । ७०औँ मिनेटमा बेर्जविन्जले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?