Logo

मेस्सी बिनै बार्साको सहज जित

ई-खेलकुद २०७७ मंसीर १८ , बिहीबार ०९:१२ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले जितको श्रृखलालाई पाँचौ चरणमा पनि जारी राखेको छ । गएराती हंगेरियन क्लब फेरेन्सभारोलाई ३–० गोल अन्तरले हराउदै बार्साले जितको श्रृखलालाई पाँचौ चरणमा पनि जारी राखेको हो ।
फेरेन्सभारोसको मैदानमा नियमित कप्तान लियोनल मेस्सी बिनै मैदान उत्रिएको बार्साको जितमा एन्टोनियो ग्रिजमन, मार्टिन ब्रेथवेट र ओसमान डेम्बेलेले गोल गरे ।
१४ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा ब्रेथवेटले बार्साको अग्रता दोब्बर पारे । त्यसको ८ मिनेट पछि पाएको पेनाल्टिको अपसरलाई डेम्बेलले गोलमा परिणत गर्दै पहिलो हाफमै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्याए ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । पाँचौ चरणको खेलमा बार्सा मेस्सीसंगै मार्क–आन्द्रे स्टगेन र फिलिप कौटिन्हो बिनै मैदान उत्रिएको थियो ।
बार्सिलोनाले समुह चरणको अन्तिम खेल घरेलु मैदानमा युभेन्टससंग खेल्नेछ । ५ खेलबाट बार्साको १५ अक छ । फेरेन्सभारोस भने एकमा समुहको पुछारमा छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?