Logo

मेस्सी बिना बार्साले ईल्चेसंग खेल्दै

ई-खेलकुद २०७७ माघ ११ , आईतबार ०५:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आज कमजोर प्रतिद्धन्दी इल्चेसँग प्रतिस्पर्धा गर्दैछ । ईल्चेको मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ ।
रेलिगेशन क्षेत्रमा रहेको टोलीबिरुद्ध बार्सा सहज जित निकाल्दे शीर्ष टोलीसंगको दुरी छोट्याउने प्रयासमा रहनेछ । यद्यपी नियमित कप्तान लियोनल मेस्सी आजको खेलमा उपलब्ध हुने छैनन् । प्रतिबन्धका कारण मेस्सीले आजको खेल गुमाएका हुन् ।
१८ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ४४ अंक छ । उसले बार्साभन्दा एक खेल कम खेलेको छ ।
इल्चे भने १७ अङ्कमा तालिकाको १८ औं स्थानमा छ ।
आजै राती एट्लेटिको मड्रिडले भ्यालेन्सीयासंग खेल्नेछ । मड्रिडको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?