Logo

मेस्सीको गोलमा बार्साको जित

ई-खेलकुद २०७७ मंसीर २९ , सोमबार ०७:१२ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा पाँचौ जित निकालेको छ । घरेलु मैदानमा गएराती लेभान्तेलाई १–० गोल अन्तरले हराउदै बार्साले तालिकामा सुधार गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्सालाई जिताउन ७६ औ मिनेटमा लियोनल मेस्सीले गरेको गोल निर्णायक बन्यो । फ्रेङक डि जोङको पासलाई सदुपयोग गर्दै मेस्सीले बललाई पोष्टको दिशा दिएका थिए । खेलमा अधिकांश समय लेभान्तेलाई दबावमा राखेको बार्साका दर्जनबढि अवसर खेर गएका थिए । ११ खेलबाट १७ अंक जोडेको बार्सा तालिकाको आठौ स्थानमा उक्लिएको छ । गएरातीनै ग्रानाडाले ईल्चेलाई समान १–० ले हराउदा अन्य २ खेल भने बराबरीमा सकिएका छन् । रियल बेटिस र भियारियल तथा आईबर र रियल सोसिडाडले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले सोसिडाडलाई २६ अंकमा तालिकाको शीर्ष स्थानमा पुर्याएका छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?