Logo

मेरो लक्ष्य नेपाललाई टेष्ट राष्ट्र बनाउने हो : पारस खड्का

ई-खेलकुद २०७७ पुस ९ , बिहीबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान पारस खड्काले आफ्नो एक मात्र लक्ष्य नेपाललाई टेष्ट राष्ट्रको दर्जामा पुर्याउनु रहेको बताएका छन् । लामो संर्घष र मेहनतका कारण एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपाल अब त्यो अवस्थाबाट माथी उठ्न जरुरी रहेको खड्काको भनाई छ ।

ईखेलकुदसंग कुराकानी गर्दै पारसले त्यसमा मुख्य प्रशिक्षक डेभ वाटमोरको भुमिका निक्कै महत्वपुर्ण हुने बताए । प्रशिक्षकसंगै खेलाडीको मेहनतपनि आवश्यक रहेको बताउदै खड्काले फेरी पनि आफुलाई प्रमाणीत गर्ने समय आएको उल्लेख गरे । आफु खेलाडीको रुपमा होस अथाव अन्य जुनसुकै भुमिकामा रहेपनि क्रिकेटमै रहने र आफ्नो लक्ष्य नै नेपाललाई टेष्ट राष्ट्रको दर्जामा पुर्याउनु रहेको पारसको जिकिर थियो ।

नेपालले हालसम्म पाएको उपलब्धी कुनै एक खेलाडी र प्रशिक्षकको भरमा मात्र संभव नभएकाले सम्पुर्ण टोलीको उत्तिकै मेहनत रहेकाले म भन्दा हामी भन्ने संस्कारलाई अझ प्रगाढ बनाउदै आगामी भविश्यबारे सोच्नुपर्नेमा खड्काको जोड थियो ।

खेलाडीको रुपमा मैदान छाड्ने समय नजिकिएको संकेत गर्दै पारसले आफु जुनसुकै रुपमा पनि नेपाली क्रिकेटकै पेरिफेरीमा रहने बताए । उनले भने– म अहिले खेलाडीको रुपमा मैदानमा छु, लामो समय पनि भयो, भुमिका बेग्लै होला तर मेरा आगामी जीवन नेपाली क्रिकेटमै रहनेछ ।

खेलाडी र प्रशिक्षकको भुमिकाले मात्र सबैथोक सकारात्मक दिशामा अघि नबढ्ने भन्दै नेपाल क्रिकेट संघ र सरोकारवाला निकायको भिजनमा पनि नेपाली क्रिकेटको भविश्य निर्भर रहेको उनले सुनाए । पारसले भने– संस्थामा आबद्ध हरेक ब्यक्ति जिम्मेबारबोध हुन पर्यो, संघबाहिर पनि क्रिकेट विकासमा ठुलो योगदान पुर्याएका मानिसहरु छन, बोलेर भन्दापनि गरेर देखाउनुपर्ने अहिलेको आवश्यक्ता हो ।

आसन्न टी–२० विश्वकपको ग्लोबल क्वालिफायर र लिग टुका खेलले नेपाली क्रिकेटको नयाँ गन्तब्य स्पष्ट पार्ने भएकाले सोहि अनुरुपको तयारी अहिलेबाटै गर्नुपर्ने पारसले सुझाए । युवा खेलाडीको बाहुल्यतासंगै टिममा ठुलो आत्मविश्वास र मनोबल रहेको बताउदै उनले सिमित सफलतामा रमाउनुभन्दा बलियो धरातल निर्माणको पहल थाल्न आग्रह गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?