Logo

मेयर्स कप क्रिकेट : ललितपुरबिरुद्ध सुदुरपश्चिम विजयी

ई-खेलकुद २०७७ चैत्र २१ , शनिबार ०७:०४ मा प्रकाशित

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ । आज भएको खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले हराउदै सुदुरपश्चिमले प्रतियोगीतामा विजयी सुरुवात गरेको हो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ८ रनको लक्ष्य सुदुरपश्चिमले ३ बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो ।
सुदूरपश्चिमलाई सहज जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन् । डोली भट्ट २२ रनमा अबिजित रहदा रेवती धामीले १८ र कविता जोशीले १० रन बनाईन् । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले समान एक विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेट गुमाएर १ सय ७ रनको मध्यम योगफल तयार पारेको थियो । कन्चन श्रेष्ठले अविजित ६३ रन बनाएको ललितपुरको ईनिङसमा सुमन खतिवडाले १६ र अश्मिना कर्माचार्यले १३ रन बनाईन् । सुदूरपश्चिमकी कविता जोशी, रितु कनोजिया र सम्झना खड्काले समान विकेट लिए ।
यसअघि आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफले प्रदेश–१ लाई ८ विकेटले हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?