Logo

मेयर्स कपको उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

ई-खेलकुद २०७७ फागुन २९ , शनिबार ०७:०३ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौ मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगीताको उपाधिका लागि आज नेपाल पुलिस र एपीएफ प्रतिस्पर्धा गर्दैछन् । विभागीय डर्बीको फाईनल खेल किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । ५ टोली सहभागी प्रतियोगीतामा पुलिस शीर्ष र एपीएफ दोस्रो स्थानमा रहदै फाईनल पुगेका हुन् । दुबैले समान ३ जित र एक हारको नतिजा निकालेका थिए । एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहनेछन् ।
यसअघि समुहचरणमा भएको भेटमा एपीएफले पुलिसलाई हराएको थियो । सोहि हारको बदला लिदै उपाधि जित्ने लक्ष्यमा पुलिस रहदा, एपीएफ भने पुलिसमाथीको जितको ऋखला कायमै राख्ने योजनामा छ ।
पुलिस मन्जीत श्रेष्ठ र एपीएफ शरद भेषावकरको कमानीमा रहेका टोली हुन् । काठमाण्डौ महानगरपालिकाको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा भएको प्रतियोगीताको उपाधि जित्ने टोलीले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?