Logo

मुम्बई फाईनलमा, दिल्लीको लज्जास्पद हार

ई-खेलकुद २०७७ कात्तिक २० , बिहीबार ११:११ मा प्रकाशित

एजेन्सी । डिफेण्डिङ च्याम्पियन मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग क्रिकेट आर्यपीएको फाईनलमा प्रबेश गरेको छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउदै मुम्बईले उपाधि यात्रा तय गरेको हो । योसंगै यसै सिजन भएका तीनै भेटमा मुम्बईले दिल्लीलाई पराजित गरेको छ ।
२ सय १ रनको उच्च लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । मार्कुस स्टोईनिसले सर्बाधिक ६५ रन बनाएको दिल्लीको ईनिङसमा अक्सर पटेलले ४२, कागीसो रावाडाले १५ र कप्तान श्रेयस ऐरले १२ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । कसिलो बलिङ गरेका मुम्बईका बलरसामु दिल्लीका ब्याट्सम्यान निरिह बनेका थिए । माथिल्लो क्रमका पृथ्वी शँ, शिखर धवन र अजक्थ्या रहानेले बिना स्कोर पभेलियन फर्किएका थिए ।
मुम्बईका जसप्रित बुमराहले ४ तथा ट्रेन्ट बोउल्टले २ विकेट लिए । कायरन पोलार्ड र क्रुनल पाण्डेयाको नाममा समान एक विकेट रह्यो ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको दिल्लीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय रनको उच्च योगफल तयार पारेको थियो ।
ईशान किशानले अबिजित ५५ रन बनाएको मुम्बईको ईनिङसमा सुर्यकुमार यादवले ५१ र क्विन्टन डि ककले ४० रन बनाए । क्रुनल पाण्डेयाले १३ रन जोडे । बिष्फोटक ब्याटिङ गरेका हार्दिक पाण्डेयाले १४ बलमा अबिजित ३७ रन प्रहार गरे ।
दिल्लीका रबिचन्द्रन आश्विनले ३ तथा एनरिच नोर्टजे र मार्कुस स्टोईनिसले समान एक विकेट लिए ।
दिल्लीले फाईनल प्रबेशका लागि ईलिमिनेटर खेलको विजेतासंग पुन प्रतिस्पर्धा गर्नेछ । ईलिमिनेटर खेलमा भोली सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङलोर प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?