Logo

महिला लिग फुटबलमा वालिङसंग पुलिसको बराबरी

ई-खेलकुद २०७७ माघ १३ , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आजको पहिलो खेल एक एक गोलको बराबरीमा सकिएको छ । उपाधि दाबेदार नेपाल पुलिस क्लब मोफसलको वालिङ नगरपालिकासंग बराबरीमा रोकिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तीन विदेशी खेलाडी सहित पुलिसबिरुद्ध मैदान उत्रिएको वालिङले खेलमा बनाएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३ औ मिनेटमा मिथो रुथको गोलमा वालिङले अग्रता बनाएको थियो ।
६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काईन् । अमृता जैसीको पासमा रेखाले भली गोल गर्दै टोलीलाई हारबाट जोगाएकी हुन् । बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा छ । जारी प्रतियोगीतामा वालिङको भने यो पहिलो जित हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?