Logo

महिला लिगमा आज विराटनगर र चन्द्रपुर तथा पुलिस र वालिङ भिड्दै

ई-खेलकुद २०७७ माघ २५ , आईतबार ०८:०२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगीतामा आज दोस्रो चरणका थप २ खेल हुदैछन् । दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे विराटनगर महानगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एक चन्द्रपुरबिरुद्ध मैद्यान उत्रदा विराटनगर तेस्रो स्थानमा बलियो बन्ने योजनामा रहनेछ । उसको ६ खेलबाट १० अंक छ । चन्द्रपुर भने प्रतियोगीताको दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
सोहि मैदानमा दिउँसो ३ बजे विभागीय पुलिस र स्याङजाको वालिङ नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोलीलाई चुनौतीपुर्ण प्रतिद्धन्दीका रुपमा रहेको वालिङ तालिकामा सुधारको योजनामा छ । उपाधि होडबाट यसअघि नै बाहिरिसकेको पुलिस भने छबी सुधार्ने प्रयासमा छ । यसअघि विराटनगरसंग पराजित भएसंगै पुलिसको उपाधि यात्रा टुंगीएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?