Logo

महिला लिगमा आज वालिङ र चन्द्रपुर भिड्दै

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०८:०२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज एक मात्र खेल हुदैछ । आज स्याङजाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगीताको सुखद अन्त्य गर्ने योजनामा छन् । ४ क्यामरुनी खेलाडीको साथ पाएपनि जारी सिजन शसक्त प्रर्दशन गर्न नसकेको वालिङ आज सहज जितसंगै प्रतियोगीताको विदाई गर्न चाहान्छ । चन्द्रपुरलाई हराए वालिङ तालिकाको तेस्रो स्थानमा पुग्नेछ ।
चन्द्रपुर पनि वालिङबिरुद्ध जित निकाल्दै प्रतियोगीताको सुखद अन्त्य गर्ने योजनामा छ । तर वालिङलाई हराउन चन्द्रपुरको टोलीलाई त्यत्ति सहज भने छैन् । वालिङ ११ खेलमा १४ अंक जोडेर पाँचौं र समान खेलबाट ९ अंक जोडेको चन्द्रपुर तालिकाको छैटौं स्थानमा छन् । जारी लिगको उपाधि भने विभागीय टोली नेपाल एपीएफले हात पारिसकेको छ । एपीएफ अपराजित रहदै २ खेल अगावै उपाधि उचाल्न सफल भएको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?