Logo

महिला भलिबल टोलीको प्रशिक्षण आज सुरु हुदै

ई-खेलकुद २०७८ असार १ , मंगलबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । एसीयन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आज सुरु हुदैछ ।
फिलिपिन्समा आगामी अगष्टमा हुने प्रतियोगीताका लागि नेपालले बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । चीनमा हुने तय भएको प्रतियोगीता फिलिपिन्समा सरेको हो । प्रतियोगीता अगष्ट २९ देखी सेप्टेम्बर ५ सम्म हुनेछ । नेपाल भलिबल संघले प्रशिक्षणमा ३० खेलाडीलाई बोलाएको छ ।
त्रिपुरेश्परस्थित राखेपको कभर्डहलमा हुने प्रशिक्षणबाट अन्तिम टोली बनाईने छ । संघले कोरोना महामारीलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पुर्ण पालना गर्दै प्रशिक्षण गर्ने जनाएको छ ।
यसअघि जेठ २१ गतेबाटै प्रशिक्षण सुरु गर्ने संघको तयारी भएपनि प्रशासनले लगाएको निशेधाज्ञाका कारण संभव भएको थिएन् ।
संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । प्रशिक्षणका लागि अधिकांश खेलाडी काठमाण्डौ आईसकेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?