Logo

महिला भलिबल टोलीको ऐतिहासिक छलाङ

ई-खेलकुद २०७६ माघ २२ , बुधबार ०९:०२ मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला भलिबल टोलीले विश्व वरियतामा ऐतिहासिक छलाङ मारेको छ । अन्तराष्ट्रिय भलिबल संघले सार्बजनिक गरेको पछिल्लो वरियतामा नेपाली महिला भलिबल टोली शीर्ष सयमा पर्न सफल भएको हो । नेपाल ५७ अंक हात पार्दै वरियताको ८७ औ स्थानमा आईपुगेको हो । अघिल्लो बर्ष नेपाल १ सय २१ औ स्थानमा थियो । दक्षिण एसियामा नेपालको वरियता भारतपछि दोस्रो हो । भारत ९७ अंकसहित वरियताको ५४ औ स्थानमा रहेको छ । महिला भलिबलको शीर्ष स्थानमा चीन रहदा अमेरिका दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन् ।
पुरुषतर्फको वरियतामा भने नेपाल १ सय ३८ औ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?