Logo

महिला टोलीले जित निकाल्दा पुरुष टोली सोझो सेटले पराजित

ई-खेलकुद २०७८ पुस ८ , बिहीबार ०७:१२ मा प्रकाशित

काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा नेपाली टोली आयोजक बंगलादेशसँग सोझो सेटले पराजित भएको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बंगलादेशले नेपाललाई २५–१७, २५–१७ र २५–१९ ले हरायो । नेपालविरुद्वको खेलमा बंगलादेश सुरुवातबाटनै हाबी भएको थियो । तेस्रो सेटमा १३–१३ को बराबरीको अवस्थाबाट नेपाल पछि परेको थियो ।

प्रतियोगीताको आफ्नो दोस्रो खेलमा नेपाली पुरुष टोलीले भोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले मंगलबार फाइनल खेल्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?