Logo

महिला टी–२० विश्वकपको एसीयाली छनोट नोभेम्बरमा

ई-खेलकुद २०७८ वैशाख २४ , शुक्रबार ०४:०५ मा प्रकाशित

काठमाण्डौ । दक्षिण अफ्रिकामा सन् २०२३ मा हुने टी–२० महिला विश्वकप क्रिकेटको एसीयाली छनोट नोभेम्बर अन्तिम साता हुने भएको छ । विश्वकपको एसीयाली छनोट नोभेम्बर २२ देखी २८ सम्म मलेसीयामा गर्ने गरी अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले नयाँ मिती तय गरेको हो । एसीयाली छनोट अन्तर्गत समुह बीमा नेपालसहित मलेसीया, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएई रहेका छन् । समुह बीको छनोट मलेसीयामा हुनेछ । आईसीसीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण एसिया छनोट ’बी’ को नयाँ मिति तय गरेको हो । यसअघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो ।
आठौं संस्करणको महिला टी–२० विश्वकप क्रिकेट सन् २०२३ को फेब्रुवरी ९ देखि २६ सम्म आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रले सहभागिता जनाउने छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?