Logo

महिला क्रिकेट टोलीलाई ऐतिहासिक सफलता,कतारविरुद्धको सिरिज क्लिनस्वीप

ई-खेलकुद २०७८ मंसीर २ , बिहीबार ०६:११ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ । कतारविरुद्धको तीन म्याचको टी–२० सिरिज क्लिनस्वीप गर्दै महिला टोलीले किर्तिमानी उपलब्धी हात पारेको हो । कतारसँगको सिरिज नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय सिरिज हो । आफ्नो पहिलो सिरिजनै क्लिनस्वीप गर्दै महिला टोलीले नयाँ इतिहास बनाएको हो । तेस्रो तथा अन्तिम खेलमा नेपालले १ सय ९ रनको फराकिलो जित निकाल्दै नेपालले ३ म्याचको सिरिज क्लिनस्वीप गरेको हो ।
नेपालले दिएको १ सय ६५ रनको उच्च चुनौती पछ्याउने क्रममा कतारले ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । एलिना खानल सर्बाधिक १९ रन बनाएको कतारको ईनिङसमा कप्तान एस्याले १३ रन जोडीन । अन्य व्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङतर्फ नेपालका सवनम राइ, रुबिना क्षेत्री र सरस्वती कुमारीले एक एक विकेट लिए । कतारका ४ व्याटर रनआउट भएका थिए ।
यसअघि दोहास्थित वेष्ट इण्ड पार्क स्टेडियममा टस जितेर व्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको उच्च योगफल तयार पारेको थियो । ओपनर सीता राना मगरले उत्कृष्ट ईनिङस खेल्दै अर्धशतक बनाएपछि नेपालले कतारलाई बिशाल लक्ष्य दिएको हो । सीताले अबिजित ८२ रन बनाएको नेपालको ईनिङसमा ज्योती पाण्डेले २४ र सरिता मगरले १७ रनको योगदान गरिन् । डोली भट्टले १२ रन जोडिन् ।
कतारकी एन्जेलीना मारी, साची धाडवाल र एस्याले समान एक विकेट लिए । आईसीसी विश्वकप क्रिकेटको एसीयाली छनोटको तयारीस्वरुप नेपालले कतारसँग तीन म्याचको टी–२० सिरिज खेलेको हो । युएईमा हुने प्रतियोगीता खेल्न महिला टोली भोली दोहाबाट त्यसतर्फ जानेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?