Logo

मकवानपुर गोल्डकपको उपाधिका लागि आर्मी र आयोजक भिड्दै

ई-खेलकुद २०७७ चैत्र ७ , शनिबार ०६:०३ मा प्रकाशित

हेटौडा । मकवानपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र आयोजक मकवानपुर–११ प्रतिस्पर्धा गर्दैछन् । हेटौडास्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने फाईनल दिउँसो २ बजेपछि सुरु हुनेछ । दुबै टोली एक अर्कालाई हराउदै उपाधि आफ्नो पक्ष्ँमा पार्ने योजनामा रहेका छन् ।
सेमिफाइनलमा आर्मीले क्यामरुनी टोली अफ्रिकन रुट्स एशोसिएसन (अरास) लाई १–० हराउदै उपाधि यात्रा तय गरेको हो । आयोजकको टोलीले लिग विजेता मछिन्द्र फुटबल क्लबलाई हराउदै फाईनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी रोयल इन्फिल्ड मोटरसाईकल प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?