Logo

भुटानसँगको जितपछि थाईल्याण्डको परीक्षामा नेपाल

ई-खेलकुद २०७९ जेठ २३ , सोमबार ०५:०६ मा प्रकाशित

काठमाडौं । मलेसीयामा जारी अन्डर १९ महिला विश्वकपको एसीयाली छनोट खेलिरहेको नेपालले दोस्रो जित निकालेको छ । भुटानलाई ४ विकेटले हराउँदै नेपालले शीर्ष स्थानमा रहँदै विश्वकप खेल्ने झिनो संभावना कायमै राखेको हो । त्यसका लागि नेपालले बाँकी सबै खेलमा फराकिलो अन्तरको जित निकाल्न आवश्यक छ ।

त्यस्तै थाईल्याण्डले युएईलाई हराए मात्र नेपालको संभावना रहनेछ । यस्तोमा भोली हुने नेपाल र थाईल्याण्डबीचको खेल निक्कै महत्वपूर्ण छ । थाईल्याण्डलाई हराएर तालिकामा अंक थप्न सके नेपालले युएई र थाईल्याण्डसँग अंक बराबरी गर्नेछ । यो अवस्थाले थाईल्याण्ड र यूएईबीचको खेल निर्णायक मानिनेछ । जसमा नेपालको कामना थाईल्याण्डको जित हुनेछ । भोली थाईल्याण्डसँग पराजित भए नेपालको संभावना समाप्त हुनेछ ।

प्रतियोगिताको उपाधि दाबेदार मानिएको थाईल्याण्डसँग नेपाली टोलीको वास्तविक परिक्षा हुनेछ भने यूएईसँग भोगेको लज्जास्पद हारलाई सुधार्ने चुनौती पनि रहनेछ । जारी प्रतियोगितामा युएई र थाईल्याण्ड अपराजित रहेका टोली हुन् । थाईल्याण्डपछि नेपालले समूहचरणको अन्तिम खेल मलेसीयासँग खेल्नेछ । पहिलो पटक आयोजना हुन लागेको उमेर समूहको महिला विश्वकप आगामी बर्ष दक्षिण अफ्रिकामा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?