Logo

भुटानविरुद्ध जित्नै पर्ने दबावमा नेपाल

ई-खेलकुद २०७८ पुस १ , बिहीबार ०६:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी १९ बर्ष मुनीका महिला साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित मुस्तफा कमल स्टेडयममा हुने खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

तेस्रो खेलमा मैदान उत्रदा नेपाल दोस्रो जितसँगै फाइनलनजिक पुग्ने योजनामा हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हराएको थियो ।

५ राष्ट्र सहभागी प्रतियोगीताको शीर्ष २ स्थानमा रहने टोलीले फाइनल खेल्ने भएकाले त्यो संभावना बलियो बनाउन भुटानविरुद्ध खेल जित्नै पर्ने दबाव नेपालसामु छ । समूहचरणको अन्तिम खेल बलियो टोली भारतसँग खेल्ने भएकाले भोलीको जितले नेपालको फाइनल पुग्ने संभावना बलियो हुनेछ । चार अंकमा तालिकाको तेस्रो स्थानमा रहेको नेपाल समान अंक भएको बंगलादेशभन्दा पछि रहेको छ ।

भोली नै बंगलादेश र भारतबीच पनि खेल हुनेछ । भुटानलाई हराएर ७ अंक बनाउन सके, नेपाल फाइनलको दाबेदार बन्नेछ । त्यसपछि हुने भारत र बंगलादेशबीचको खेल बराबरीमा सकिए त्यसको फाइदा पनि नेपाललाई हुनेछ ।

समूहचरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंका र नेपालले भारतसँग खेल्ने भएकाले नेपाल केहि कठिन अवस्थामा छ । हालसम्म भारतले शत प्रतिशत नतिजा निकाल्दा नेपाल र बंगलादेशले समान एक जित र एक बराबरीको नतिजा हात पारेका छन् ।
पछिल्लो समय बलियो बन्दै गएको भुटानले अघिल्ला ३ मध्ये एकमा जित र २ खेल गुमाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?