Logo

भिन्सेन्ट कोम्पनीद्धारा व्यवसायिक खेलबाट सन्यासको घोषणा

ई-खेलकुद २०७७ भदौ १ , सोमबार ०८:०८ मा प्रकाशित

एजेन्सी ।  म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा डिफेन्डर भिन्सेन्ट कोम्पनीले व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३४ बर्षिय बेल्जियन स्टार कोम्पनीले औपचारिक रुपमै सनयासको घोषणा गरेका हुन् । सिटीमा ८ सिजन कप्तानको भुमिकामा रहेका उनले अब प्रशिक्षकका रुपमा समय बिताउदै भन्दै खेलाडीका रुपबाट सन्यासको घोषणा गरेका हुन् ।
उनी घरेलु क्लब एन्डरलेक्टको पूर्णकालिन मुख्य प्रशिक्षक बनेका छन् । क्लबसंग ४ बर्षे सम्झौता गरेका कोम्पनीले आईतबारबाट आफ्नो जिम्मेबारी सम्हाल्ने छन् । उनले अब आफ्नो लक्ष्य कुशल प्रशिक्षकका रुपमा काम गर्ने रहेको बताएका छन् ।
कोम्पनीले सिटीमा रहदा चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए । उनले बेल्जियमका लागि भने उनले ८९ खेल खेलेका छन् । आइतबार मउसक्रोनविरुद्धको खेलबाट कोम्पनी प्रशिक्षकको भूमिकामा रहनेछन् । आफ्नो पुरानो क्लबमा उनी खेलाडीसंगै प्रशिक्षकको भुमिकामा छोटो समयमै पुगेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?