Logo

ब्राजिल र ईक्वेडरको बराबरी, पेरु क्वाटरफाईनलमा

ई-खेलकुद २०७८ असार १४ , सोमबार ०८:०६ मा प्रकाशित

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरीको नतिजा निकालेको छ । आज बिहान भएको खेलमा ब्राजिलले ईक्वेडरसंग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पेड्रो ओलम्पिक स्टेडियममा खेलको ३७ औं मिनेटमा अग्रता बनाएको ब्राजिलले त्यसलाई जोगाउन सकेन् । इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई पहिलो हाफभर १–० को अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै ब्राजिल समूह बिको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले ४ खेलमा ३ जित र १ बराबरीसंगै १० अंक जोड्यो । ४ खेलमा ३ अंक जोड्ेको इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
अर्को खेलमा भेनेजुएलालाई १–० गोल अन्तरले हराउदै पेरुले पनि क्वार्टरफाईनल यात्रा तय गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलाबिरुद्ध संर्घषपुर्ण जित निकाल्दै पेरु अन्तिम आठमा प्रबेश गरेको हो ।
पेरुको जितमा आन्द्रे कारिल्लोले खेलको ४८ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । पेरु समूह बी को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पेरुले ४ खेलमा ७ अंक जोड्यो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?