Logo

ब्राजिलका ४ खेलाडीमा कोरोना सक्रमण

ई-खेलकुद २०७७ असार १७ , बुधबार ०४:०७ मा प्रकाशित

एजेन्सी । ब्राजिलका चार फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले वक्तव्य जारी गर्दै क्लबका ४ खेलाडीमा कोरोना सक्रमण भएको जनाएको हो । सो क्लबबाट खेले अधिकांश खेलाडी ब्राजिलको राष्ट्रिय टोलीका सदस्यहरु नै रहेका छन् ।
सक्रमण भएका खेलाडीको नाम सार्बजनिक गरिएको छैन् । उनीहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखीएको छ । क्लबले जारी गरेको वक्तव्यमा भनिएको छ– क्लबका चार खेलाडीमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरू आईसोलशनमा रहेका छन् । केहि दिनमै उनीहरुको दोस्रो परीक्षण हुनेछ ।
ब्राजिलमा आगामी ८ अगस्टदेखि शीर्ष लिग सुरु गर्ने तयारी भईरहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?