Logo

ब्राईटनसंग चेल्सीको बराबरी

ई-खेलकुद २०७८ वैशाख ८ , बुधबार ०६:०४ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सी र ब्राईटन एण्ड होभ एल्बियनले गोलरहित बराबरी खेलेका छन् । गएराती भएको एकमात्र खेलमा चेल्सी र ब्राईटनले अंक बाँडेका हुन् । स्टाम्फोर्ट ब्रिजमा भएको खेलमा पाहुना टोलीमाथी अधिकांश समय दबाव बनाएपनि चेल्सीले पाएका अवसरलाई सदुपयोग गर्न सकेन् । यो बराबरीसंगै चेल्सीले तेस्रँे स्थानमा उक्लने मौका समेत गुमाएको छ । ३२ खेलबाट ५५ अंक जोडेको चेल्सी चौथो स्थानमा कायम छ । एक खेल कम खेलेको लेष्टर ५६ अंकमा तेस्रो स्थान छ ।
ब्राईटन भने ३४ अंकमा तालिकाको १६ औ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा आज टटनह्याम र साउथहेम्प्टन तथा म्यानचेष्टर सिटी र एष्टन भिल्ला प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?