Logo

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगमा छनोट

ई-खेलकुद २०७८ जेठ ९ , आईतबार ०७:०५ मा प्रकाशित

एजेन्सी । बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा वायर लिभरकुशेनलाई ३–१ गोल अन्तरले हराउदै डर्टमण्डले तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन इयर्लिङ हालान्डले दुई तथा मार्को रेउसले एक गोल गरे । लिभरकुसेनका लार्स बेन्डरले एक गोल फर्काए । पाँचौँ मिनेटमा हालान्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । रेउसले ५१औँ मिनेटमा गोल गरेपछि डर्टमण्डको अग्रता दोब्बर बन्यो । हालान्डले ८४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० को बलियो अबस्थामा पुर्याए ।
८९औँ मिनेटमा पाएको पेनाल्टिको अवसरमा बेन्डरले गोल गर्दै लिभरकुशेनको अन्तर घटाएका थिए । जितसँगै डर्टमण्ड आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भएको छ । उसले तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको यात्रा तय गरेको हो । यस सिजन उसले ६४ अङ्कका साथ लिगको अन्त्य गरेको छ । लिभरकुसेन भने यसपटक छैटौँ स्थानमा रहँदै युरोपा लिगमा छनोट भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?