Logo

बैङलोरलाई हराउदै हैदरावाद क्वालिफायरमा

ई-खेलकुद २०७७ कात्तिक २१ , शुक्रबार ११:११ मा प्रकाशित

एजेन्सी । सनराईजर्स हैदरावाद ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरमा प्रबेश गरेको छ । ईलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई  ६ विकेटले हराउदै हैदरावादले दिल्ली क्यापिटल्ससंगको भेट पक्का गरेको हो ।

बैङलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदरावादले २ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा केन विलियम्सनले सर्बाधिक नटआउट ५० रनको योगदान गरे । मनिषकुमार पाण्डेले २४ र कप्तान डेभिड वार्नरले १७ रन बनाए । जेसन होल्डर २४ रनमा अबिजित रहे । बैङलोरका महम्मद सिराजले २ तथा एडम जाम्पा र युजबेन्द्र चहालले समान एक विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्यटिङमा उत्रिएको बैङलोरले ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार पारेको थियो ।

एबी डिभिलियर्सले ५६ रन बनाएको बैङलोरको ईनिङसमा एरोन फिन्चले ३२ र महम्मद सिराजले अबिजित १० रन बनाए । अन्यले दोहारो अंकको स्कोर छुन सकेनन् । हैदरावादका जेसन होल्डरले ३, टि नटराजनले २ तथा सहवाज नादिमले एक विकेट लिए ।
फाईनल प्रबेशका लागि हैदरावादले सोमबार दिल्लीसंग खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि मुम्बई ईण्डियन्सको सामना गर्नेछ । दिल्ललिाई ५७ रनले हराउदै मुम्बई उपाधि नजिक पुगीसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?