Logo

बुण्डेश लिगाको नयाँ सिजन अगष्ट १३ बाट

ई-खेलकुद २०७८ असार १२ , शनिबार ०४:०६ मा प्रकाशित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन अगष्ट दोस्रो साताबाट सुरु हुने भएको छ । बुण्डेशलिगाले आज नयाँ सिजनको मिति तय गर्दै खेल तालिका सार्बजनिक गरेको हो । सिजन २०२१/२२ को उद्घाटन खेलमा बायर्न म्युनिखले बोरुसीया मोन्चेनग्लाण्डबाखसंग खेल्नेछ ।
उद्घाटन खेल मोन्चेनग्लाण्डबाखको मैदानमा अगष्ट १३ मा हुने छ । सिजनको दोस्रो दिन अगस्ट १४ मा ८ खेल राखिएको छ । दोस्रो दिन बोरुसिया डर्टमण्डले आइनट्राख्ट फ्रान्कफर्ट, आरबी लाइपजिगले मेईन्जसँग, युनियन बर्लिनले वायर लिभरकुशेन, होफिनह्यामले अउक्सवर्ग लगायतसंग खेल्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?