Logo

बुण्डेश लिगाको उद्घाटन खेलमा बायर्नको शानदार जित

ई-खेलकुद २०७७ असोज ३ , शनिबार ०६:०९ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलको उद्घाटन खेलमा बायर्न म्युनिखले शानदार जित निकालेको छ । साल्केलाई ८–० ले हराउदै डिफेण्डिङ च्याम्पियन बार्यनले सिजनको सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा बायर्नलाई जिताउन सेर्जी नाब्रीले ह्याट्रिक गरे । रोबर्ट लेबान्डोस्की, थोमस मुलर, लेरोई साने, लियोन गोरेट्ज्का र जामल मुसीलाले गोल गरे । पहिलो हाफमा ३–० को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा ५ गोल थप्दै शानदार जित हात पारेको हो । चौथो मिनेटमा सेर्जिले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले ४७ र ५९ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । च्याम्पियन्स लिगको उपाधि उचालेको २६ औ दिनमा बायर्नले अर्को प्रभावशाली जित निकालेको हो ।
डेब्यु खेलमा सानेले बायर्नका लागि गोल गरेका हुन् । १७ बर्षिय जामलले पनि सिजनको पहिलो खेलमै गोलको खाता खोलेका हुन् । एकपक्षिय खेलमा बायर्नले अधिकांश समय साल्केलाई दबावमा राखेको थियो । उसका थप दर्जन प्रहार भने विफल बनेका थिए ।
बुण्डेश लिगामा आज बिभिन्न ६ खेल हुदैछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?