Logo

बी डिभिजन लिगमा सातदोबाटोको पहिलो हार

ई-खेलकुद २०७७ फागुन २४ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाण्डौ । सातदोबाटो युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो हार भोगेको छ । शीर्ष स्थानको सातदोबाटो १० औ चरणको खेलमा मध्यपुर युथ एसोसिएसनसंग २–१ गोल अन्तरले पराजित भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्यपुरलाई जिताउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे । सातदोबाटोका माल्डिना आङथुपुले सान्त्वना गोल फर्काए ।

२६ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई बराबरीमा पुर्याए । त्यसको ८ मिनेटपछि सन्नीले गोल गर्दै मध्यपुरलाई २–१ को जित दिलाए । हारका बावजुतपनि सातदोबाटो १० खेलमा २५ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । उ यसअघि नै ए डिभिजनमा उक्लिसकेको छ । यो जितले मध्यपुरलाई तालिकाको छैठौ स्थानमा पुर्याएको छ । उसको १० खेलबाट १३ अंक भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?