Logo

बी डिभिजन लिगमा बाँसबारी र श्रीकुमारीको बराबरी

ई-खेलकुद २०७७ फागुन १५ , शनिबार ०७:०२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजका दुबै खेल बराबरीमा सकिएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बाँसबारी र श्रीकुमारी क्लब तथा पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
श्रीकुमारी क्लबबिरुद्ध पाएका अबसरको सुदपयोग गर्न नसक्दा बाँसबारीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको हो । बाँसबारीले ७ खेलबाट १५ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा कायम छ । समान खेलबाट श्री कुमारी क्लबको ७ अंक छ ।
आजको पहिलो खेलपनि बराबरीमा सकिएको हो । बराबरीपछि श्री भगवती क्लबको ७ खेलबाट ६ अंक भएको छ । भगवती तालिकाको नवौं स्थानमा छ । जारी लिगमा पुल्चोकको यो दोस्रो बराबरी हो । यो बराबरीसंगै पुल्चोक २ अंकमा तालिकाको पुछारमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?