Logo

बी डिभिजन लिगमा नयाँ बस्तीको जित

ई-खेलकुद २०७७ फागुन ११ , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाण्डौ । नयाँ बस्ती युवा क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा कठिन जित निकालेको छ । कोरोना माहामारीपछि पुन सुरु भएको लिगमा नयाँबस्तले मध्यपुर युथ एसोसिएसनमाथी २–१ को जित निकालेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नयाँ बस्तीलाई जिताउन सचु गुरुङ र अबय धिमालले गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।
आठौ मिनेटमा सचुको गोलमा नयाँबस्तीले अग्रता लिएको थियो । ५७ औं मिनेटमा भुपालले पेनाल्टीमार्फत गोल गर्दै मध्यपुरलाई बराबरीमा ल्याएका थिए । खेलको ७९ औं मिनेटमा अबयले गोल गरेपछि नयाँबस्ती २–१ को संर्घषपुर्ण जित निकाल्न सफल बन्यो ।
बी डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । जारी लिगबाट उपाधि जित्ने टोली ’ए’ डिभिजनमा बढुवा हुनेछ भने पुछारको टोली ’सी’ डिभिजनमा झर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?