Logo

बी डिभिजन लिगमा आज २ खेल हुदै

ई-खेलकुद २०७७ फागुन २३ , आईतबार ०८:०३ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज १० औ चरणका थप २ खेल हुदैछन् । दिनको पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र श्रीकुमारी क्लब प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । जारी लिगमा सोचेअनुरुपको प्रर्दशन गर्न नसकेका दुबै टोली एकअर्कालाई हराउदै तालिकामा सुधार गर्ने योजनामा छन् । नयाँ बस्ती १२ अंकमा छैटौ र श्रीकुमारी ८ अंकमा तालिकाको १० औ स्थानमा छन् ।
सोहि मैदानमा अपरान्ह साढे ३ बजे बाँसबारी क्लब र झम्सीखेल युथ क्लब आमने सामने हुनेछन् । १८ अंकमा तालिकाको तेस्रँे स्थानमा रहेको बाँसबारी आजको खेलमा जित निकाल्दै दोस्रो स्थानको खुमलटारसंगको दुरी घटाउने योजनामा छ ।
दोस्रो स्थानको खुमलटार हिजो पराजित भएसंगै बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजनमा बढुवा भईसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?