Logo

बी डिभिजन लिगमा आज थप २ खेल हुदै

ई-खेलकुद २०७७ फागुन १६ , आईतबार ०८:०२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज थप २ खेल हुदैछन् । दिनको पहिलो खेलमा दिउँसो सवा १२ बजे ब्वाईज युनियन र नयाँबस्ती युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबिचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । समान ११ अंकमा तालिकाको चौथो र पाँचौ स्थानमा रहेका दुबै टोली एक अर्कालाई हराउदै तालिकामा सुधार गर्न चाहान्छन् । जारी लिगमा सन्तुतिल प्रर्दशन गर्दै आएका दुबै टोली उपाधि यात्रामा अघि बढ्ने योजनामा छन् ।
सोहि मैदानमा हुने खेलमा दिउँसो साढे ३ बजे खुमलटार युथ क्लब र झम्सीखेल युथ क्लब आमने सामने हुनेछन् । दोस्रो स्थानको खुमलटार कमजोर प्रतिद्धन्दीलाई हराउदै शीर्ष टोलीसंगको दुरी घटाउने योजनामा छ । तालिकामा खुमलटार १६ अंकमा दोस्रो र झम्सीखेल ६ अंकमा नवौ स्थानमा छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?