Logo

बिग बासमा सन्दिपको टोली परिवर्तन हुने संभावना

ई-खेलकुद २०७७ भदौ २८ , आईतबार ०४:०९ मा प्रकाशित

काठमाण्डौ । विश्व चर्चित अष्ट्रेलियन फ्रेन्चाईज ट्वान्टी २० बिग बासमा टोलीहरुले यतिबेला खेलाडी अनुबन्धनको प्रक्रियामा व्यस्त रहेका छन् । निक्कै महत्वपुर्ण लिगका रुपमा रहेको बिग बासमा यतिबेला नेपाली लेगस्पिनर सन्दिप लामिछानेको चर्चा सुरु भएको छ । लगातार २ सिजन मेलवर्न स्टार्सबाट प्रतियोगीता खेलेका सन्दिपमाथी अन्य टोलीले नजर लगाएपछि यो सिजन उनको टोली परिवर्तन हुने संभावना बढेको छ । सन्दिपको व्यवस्थापकको भुमिका समेत हेरिरहेका राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले तीन वटा क्लबले उनलाई अनुबन्धनको चाहाना राखेर प्रस्ताव गरेको बताए । उनले भने– मेलवर्न स्टार्ससहित अन्य टोलीले पनि उनलाई अनुबन्धनको चाहाना राखेका छन् । सोहि अनुसारको प्रस्तावपनि आएको छ । उपयुक्त प्रस्तावमा हामी छिट्टै निर्णय लिन्छौ ।
यद्यपी उनले प्रस्ताव गर्ने क्लबबारे भने जानकारी गराएनन् । मेलबर्न स्टार्सले उनलाई टोलीमै राख्न प्रयास गरिरहे पनि अन्य क्लबको प्रस्ताव पनि अनुकुल रहेको सिवाकोटीले बताए । उनले थपे– अनुबन्धीत रकम मात्र सबैथोक होईन, हामी टोलीको सबै पक्ष बिश्लेषण गरेर उपयुक्त विकल्प छनोट गर्ने छौ ।
लिग खेल्ने सबै टोलीले अहिले बिभिन्न राष्ट्रका खेलाडीसंग अनुबन्धनको प्रक्रिया अघि बढाएका छन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने बिग बास लिग आगामी डिसेम्बर ३ देखी ६ फेब्रुअरी २०२१ सम्म हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?